शिक्षक आन्दोलनमा शिक्षामन्त्री भट्टराईको राजीनामा

मिति: २०२५-०४-२१ , समय : १८:५०:२० , Our Pradesh

Our Pradesh

शिक्षामन्त्री भट्टराईको राजीनामा

काठमाडौं, वैशाख ९ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराईले आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

 

उक्त जानकारी मन्त्री भट्टराईका प्रेस संयोजक रामजी लम्सालले दिएका छन्। उनका अनुसार, “शिक्षामन्त्रीले प्रधानमन्त्रीसमक्ष आज राजीनामा दिनुभएको हो,” लम्सालले भने, “के कारणले राजीनामा दिनुभएको हो भन्ने जानकारी छैन।”

 

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक आन्दोलन जारी रहेको २०औँ दिनमा मन्त्रीको राजीनामा आएको हो। शिक्षक आन्दोलन चर्किंदै गएको बेला मन्त्रीको राजीनामा घटनाक्रमले नयाँ मोड लिए

को छ।

 

प्रकाशित मिति: २०२५-०४-२१ , समय : १८:५०:२० , ४ घन्टा अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित