३ वर्ष देखि ठप्प रहेको हुलाकी राजमार्गको काम सुचारुगर्न गाउँ पालिकालाई बुझायो ज्ञापन-पत्र
मिति: २०२३-०३-३१ , समय : २१:४४:१३ , आवर प्रदेश
मिति: २०२३-०३-३१ , समय : २१:४४:१३ , आवर प्रदेश
आवर प्रदेश
कटहरी । कटहरी गाउँ पालिकाको सिंघिया खोला देखि जुडि खोला सम्मको हुलाकी सडक निर्माण कार्य ३ वर्ष देखि ठप्प रहेकोले तत्काल काम सुचारु गर्न माग गर्दौ संघर्ष समितिले ज्ञापन पत्र बुझाएको छ।
कटहरी गाउँ पालिकामा थप्प रहेको हुलाकी सडक निर्माणको काम तत्काल सुचारु गर्नु पर्ने माग गर्दै नागरिक संघर्ष समितीले बुधवार कटहरी गाउँ पालिका अध्यक्ष देवराज चौधरीलाई ज्ञापनपत्र बुझाएको हो।
सडक भत्काए संगै कल्भटहरु अलपत्र रहेको उक्त क्षेत्रमा दुर्घटना बढे संगै सुख्खा मौसममा धुलोले सडक र वरिपरि दुलाम्बै हुदा स्वास्थ्यमा गम्भीर असर पर्ने र वर्षामा डुवानको समस्या भोगनु पर्ने भएकोले तत्काल निर्माण कार्यलाई अगाडी बढानु पर्ने माग गरेको छ ।
नागरिक संघर्ष समिती कटहरिले हुलाकी सडक निर्माण कार्य तत्काल सुचारु नगरे उक्त राजमार्गमा ढाट लगाएर बन्द गर्ने चेतावनी दिएका छन् ।
उक्त ज्ञापनपत्र बुझदै कटहरी गाउँ पालिका अध्यक्ष देवराज चौधरीले म गाउँ पालिकाको अध्यक्ष जितेर आए देखिनै यो राजमार्ग मेरो पहिलो प्राथमिकतामा रहेको बताए । उनले संघीय सरकारले केन्द्रको बजेटबाट बनाउने भएकोले पालिकालाई समेत यसको बारेमा बिस्तृत जानकारी नभएको बताए । यो संघर्ष समितिले बुझाएको ज्ञापनपत्रले थप बल पुगेकोले आफुबाट हुने पहन गर्ने र छिटो भन्दा छिटो निर्माण काम सुचारु गर्न लगाउने प्रतिवद्धता व्यक्त गरे ।
कटहरी गाउँ पालिकाको सिंघिया खोला देखि जुडि खोला सम्मको ४ किलो मिटरकोबाटो निर्माणको ठेक्का ३ वर्ष अगाडी श्रेष्ठ कन्टक्सनले पाएको थियो ।
प्रकाशित मिति: २०२३-०३-३१ , समय : २१:४४:१३ , २ वर्ष अगाडि