आँधीका कारण करिब ६० जनाको मृत्यु

मिति: २०२३-०३-१४ , समय : १४:२२:०८ , आवर प्रदेश

आवर प्रदेश

एजेन्सी। अफ्रिकी मुलुक मलावी र मोजाम्बिकमा हालै आएको आँधीका कारण करिब ६० जनाको मृत्यु भएको छ ।

फ्रेडी आँधीका कारण हजारौं घरबारविहीन भएका हुन् । भारी वर्षासँगै आएको आँधी लामो समयसम्म रहँदा जनजीवन प्रभावित भएको हो ।

आँधीपछिको बाढीले कमजोर सरचनाहरु बगाउनुका साथै बिजुलीका पोल र रुखहरु समेत ढलेकाले बिजुली आपूर्ती समेत बन्द भएको छ ।

आँधीपछि हजारौं नागरिक अध्यारोमा बस्न बाध्य भएका छन् । मोजाम्बिकमा अहिलेपनि आँधी सक्रिय रहेकाले थप मानवीय क्षति हुन सक्ने अनुमान गरिएको छ ।

मलावीमा भने आँधी कम हुँदै गएको छ । आँधीको असर भानुआटुमा समेत परेको छ । आँधीले विनाश निम्त्याएपछि त्यहा आपतकाल घोषणा गरिएको छ ।

प्रकाशित मिति: २०२३-०३-१४ , समय : १४:२२:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित