उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै

मिति: २०२३-०४-०३ , समय : १०:४७:२६ , आवर प्रदेश

आवर प्रदेश

चितवन, बारा र तनहुँमा आगामी वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन क्षेत्र नं. २, तनहुँ क्षेत्र नं. १ र बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने बताउनुभयो । उहाँका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारी दिन चाहनेले उम्मेदवारी मनोनयनपत्र दर्ता गर्न सक्नुहुनेछ ।

उपनिर्वाचनलाई निष्पक्ष र पारदर्शी बनाउन मनोनयनका क्रममा गर्न नहुने कामको सूची पनि आयोगले सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : १०:४७:२६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित