बजारमा आज सुनको मूल्य वृद्धि
मिति: २०२३-०४-०३ , समय : ११:०८:४६ , आवर प्रदेश
मिति: २०२३-०४-०३ , समय : ११:०८:४६ , आवर प्रदेश
आवर प्रदेश
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार पनि सुनको मूल्य घटेको छ । महासंघले आजको मूल्यसूची कायम गर्दै लगातार दोस्रो दिन सुनको मूल्य घटेर कारोबारमा आएको जानकारी दिएको हो ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य १ लाख ८ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ५०० रुपैयाँ कायम छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार १०० रुपैयाँ कायम थियो । हिजो आइतबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ कायम छ । जुन, हिजो आइतबार १४ सय १० रुपैयाँ कायम थियो ।
प्रकाशित मिति: २०२३-०४-०३ , समय : ११:०८:४६ , २ वर्ष अगाडि