जाजरकोटमा रुखबाट लडेर एक जनाको मृत्यु

मिति: २०२३-०४-०३ , समय : ११:४५:५१ , आवर प्रदेश

आवर प्रदेश

जाजरकोटमा एक जनाको रुखबाट लडेर मृत्यु भएको छ । नलगाड नगरपालिका– ४ प्याराधार निवासी ४० वर्षीय दीपक सार्कीको आइतबार दिउँसो रुखबाट लडेर मृत्यु भएको हो ।

नलगाड–४ को लम्ली जंगलमा बाख्रा गोठालो गएका सार्की भैंसीलाई घाँस काट्ने क्रममा बाँझको रुखबाट लडेर मृत्यु भएको नलगाड नगरपालिका–४ का वडा अध्यक्ष बद्री बहादुर पन्तले बताए ।

प्रकाशित मिति: २०२३-०४-०३ , समय : ११:४५:५१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित