रुकु नेपालीको स्वरमा “पानी खोला ” सार्वजनिक

मिति: २०२३-०४-०४ , समय : १०:४६:०९ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौँ । लामो समय देखि संगीत क्षेत्रमा आवद्ध गोपाल तिमल्सिनाको काठे गीत “पानी खोला ” गीतको भिडियो सार्वजनिक भएको छ ।

काभ्रे बेथानचोक गाउपालिकाका गोपाल तिमल्सिनाले काठे भाकामा आधारित माया प्रेमको गाठो बाध्ने गीत “पानी खोला ” बोलको गित सार्वजनिक गरेको छन् ।

गोपाल तिमल्सिना र रुकु नेपालीको स्वरमा सजिएको सो गीतमा गोपाल तिमल्सिनाको शब्द र संगीत रहेको छ । जि.टि डिजिटल म्युजिक प्रालीमा रेकडिङ भएको “पानी खोला ” गीतमा सन्तोष तिमल्सिनाको छायांकन तथा विनोद बमले सम्पादन गरेको छन् । सो गीतमा गोपाल तिमल्सिनाकै निर्देशन रहेको छ ।

गीतको भिडियोमा गोपाल तिमल्सिना र रुपा तिमल्सिना लगायतको अभिनय देख्न सकिने गीतलाई गोपाल तिमल्सिनाको आफ्नै अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

“पानी खोला ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : १०:४६:०९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्