सिन्धुलीमा अवैध लागूऔषधसहित १ जना पक्राउ

मिति: २०२३-०४-०४ , समय : ११:१९:२१ , आवर प्रदेश

आवर प्रदेश

सिन्धुली, २१ चैत । कमलामाई नगरपालिका(६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४६ ग्रामसहित काठमाडौं तारकेश्वर बस्ने २२ वर्षीय राजा खडकालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चेकपोष्टबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा।५ ख ९१३४ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:१९:२१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित