लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

मिति: २०२३-०४-०४ , समय : ११:२१:३१ , आवर प्रदेश

आवर प्रदेश

झापा, २१ चैत। लागूऔषध मुद्दाका फरार प्रतिवादी शिवसताक्षी नगरपालिका-११ बस्ने २१ वर्षीय बिनय भन्ने बिनम मगर र अर्जुनधारा नगरपालिका-८ बस्ने २२ वर्षीय गोपाल चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत झापाको २०७८ असोज २० गतेको फैसलाले लागूऔषध मुद्दामा दुबै जनालाई जनही ८ महिना कैद र १० हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालय झापा पठाइएको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:२१:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित