जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

मिति: २०२३-०४-०४ , समय : ११:२२:५३ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २१ चैत। तारकेश्वर नगरपालिका(१० लोकतान्त्रिक चोकस्थित राम कुमार लुङ्गेलीको मासु पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका मनमैजु बस्ने २७ वर्षीय लोकेश विक समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८३ हजार ५ सय २५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:२२:५३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित