रौतहटमा करेन्ट लागेर ५० वर्षीय डम्बर बहादुर योञ्जनको मृत्यु

मिति: २०२३-०४-०४ , समय : ११:३४:२९ , आवर प्रदेश

आवर प्रदेश

रौतहट, २१ चैत। चन्द्रपुर नगरपालिका-१ मंगलपुरमा ना।६ ख २३७९ नम्बरको ट्रक चालक धनुषा मिथिला नगरपालिका-११ बस्ने ५० वर्षीय डम्बर बहादुर योञ्जनको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

ट्रकमा लोड भएको तारले विद्युतको तार छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सर्लाही हररिओनस्थित नमुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : ११:३४:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित