लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्ध अनिश्चितकालिन बिरोध तथा धर्ना

मिति: २०२३-०४-०४ , समय : १५:०९:२२ , आवर प्रदेश

आवर प्रदेश

सरिता कर्मकार

विराटनगर । विराटनगर सिडियो कार्यलय अगाडि मोरङको बिभिन्न ठाँउ बाट आएर लघुबित्तिय संस्थाहरुको ज्यादतीको बिरुद्ध अनिश्चितकालिन बिरोध तथा धर्ना बसेका छन् ।

नवसामन्तिको रुपमा स्थापित संस्थाहरु खारेज गर्न , संस्थाहरु द्धारा लगाइएको सामुहिक ऋण मिनाहा गर्न ,आम गरिब किसानहरुलाई नि:शुल्क ऋण प्रधान गर्न , आवश्यकता र क्षमता आधारित काम दामको व्यवस्था गर्न , समाजवाद अर्थतन्त्रको निमार्ण गर्न जस्ता मागहरुको साथ बिहान १० बजे बाट बेलुका ५ बजे सम्म धर्ना बस्ने पिडित इश्वर खवासले जानकारी दिए । आफ्नो माग संसोधान नभए सम्म निरन्तर आएर धर्ना बस्ने उनले बताए ।

प्रशासनलाई ज्ञापन पत्र बुझाएता पनि कुनै प्रतिक्रिया नआएको र प्राशासन मौन बसेकोले गर्दा भोलीको दिन पनि यही समयमा आएर अनसन बस्ने बताए।

 

प्रकाशित मिति: २०२३-०४-०४ , समय : १५:०९:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित