मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिए

मिति: २०२३-०४-०४ , समय : १७:४२:५१ , आवर प्रदेश

आवर प्रदेश

मधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

मंगलबार एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएसँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर एमालेका चारै जना मन्त्रीले राजीनामा बुझाएका हुन् ।

सरकारमा एमालेबाट शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार, सरोजकुमार यादव भौतिक पूर्वाधार विका, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेशसभा मामिला, मोहमद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद र केशव राय गृह तथा सञ्चार राज्यमन्त्री थिए ।

एमालेले समर्थनमा पुस २७ मा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, एमाले भने पुस २९ मा सरकारमा सहभागी भएको थियो । २९ पुसमा एमालेबाट सरोज यादव मन्त्री बनेका थिए भने अन्य तीन जना भने माघ २० मा मन्त्री बनेका थिए ।

मधेश प्रदेशको सबैभन्दा ठूलो दल एमालेका २३ सांसद छन् । एमाले सरकारबाट बाहिरिएपछि कांग्रेस, नेकपा एस र लोसपालाई सरकारमा सहभागी गराउने मुख्यमन्त्री यादवको तयारी छ ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : १७:४२:५१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित