देश अराजकतातिर उन्मुख छ : नेता केसी

मिति: २०२३-०४-०४ , समय : २२:५१:२२ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं। नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देश अराजकतातिर उन्मुख रहेको बताउनुभएको छ । लेखक रमेशप्रसाद गौतमको कृति ‘मेरो अतित, मेरो अनुभव’ आज मंगलबार यहाँ लोकार्पण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।

नेता केसीले आर्थिक, शैक्षिक, ऋणको भारी र भ्रष्टाचार सबै किसिमबाट हेर्दा देश अराजकतातिर उन्मुख भइरहेको देखिन्छ भन्नुभयो । अहिलेको अवस्थालाई नियन्त्रण र निगरानी राख्न गठबन्धनको सही कार्यदिशा नभए देश असफल हुने निश्चित रहेको बताउनुभयो ।

उहाँले शैक्षिक क्षेत्रमा पनि नैराश्यता देखिएको भन्दै यसलाई हटाउन सरकारले संघीय शिक्षा ऐन समयमा नै ल्याउनुपर्ने बताउनुभयो । विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको उहाँको दाबी छ । नेता केसीले शैक्षिक अराजकता अहिलेको चुनौतिको विषय बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो बीचमा धेरै पार्टीका सरकारहरु भए अहिलेसम्म संघीय शिक्षा ऐन बन्न सकेको छैन । त्यसले माध्यमिक र उच्च माध्यमिक तहमा व्यापक रुपमा शैक्षिक अराजकताको स्थिति छ उहाँले भन्नुभयो । केन्द्रले कुनै ऐन दिएको छैन, त्यो संघीय ऐन अन्तर्गत प्रदेश र गाउँ नगरले संयोजन गर्नुपर्ने तर नभएको उहाँले बताउनुभयो । “हरेक गाउँ, नगरपालिकाले आफ्नै ऐन निर्माण गरेर चलाएका छन्, त्यसले शैक्षिक क्षेत्रमा पनि नैराश्यता शिक्षकहरुमा पनि नैराश्यता छ” उहाँले भन्नुभयो ।

विश्वविद्यालय अराजकता र भागबण्डाको अखडा भइरहेको उहाँले बताउनुभयो । यो शैक्षिक अराजकता जटिल ढंगले चुनौतिको विषय रहेको उहाँको भनाइ छ । संगठित बिद्रोह बिस्तारै बढ्दै देश अराजकतातिर उन्मुख भइरहेको उहाँले दावी गर्नुभयो । नेता केसीले नेपालमा रैथाने विश्वविद्यालय खोल्ने घोषणा मन्त्रीले गरेको भन्दै रैथाने विश्वविद्यालय भनेको के हो ? जिज्ञासा गर्नुभयो ।

प्रकाशित मिति: २०२३-०४-०४ , समय : २२:५१:२२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित