आइसीसीका अध्यक्ष कार्की भन्छन्– भाइचारा अविृद्धिका लागि एनइएससीले राम्रो काम गरेको छ

मिति: २०२३-०४-०५ , समय : १०:३१:३३ , आवर प्रदेश

आवर प्रदेश

अष्ट्रिया। अष्ट्रियाको इन्स्बु्रकमा केन्द्रीय कार्यालय रहेको नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)को चर्चासँगै आकर्षण बढ्दै गएको छ ।
एनईएससी राम्रो काम गरेको भन्दै विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमै प्रशंसासमेत गरेका छन् । आगामी जुन ४ तारिखमा डेनमार्कमा हुने भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाउने भएपछि अष्ट्रियाका नेपालीहरुसमेत हर्षित भएका छन् । यसै सन्दर्भमा आइसीसी अष्ट्रिया अध्यक्ष विकास कार्कीले नेपाली युरोपियन खेलकुद संघ (एनईएससी)ले अत्यन्तै राम्रो काम गरिरहेको प्रतिक्रिया दिएका छन् ।
पर्यटन व्यवसायी तथा समाजसेवी दिलकुमार घमालको नेतृत्वमा रहेको एनईएससीले धेरै नै राम्रो काम गरिरहेको आइसीसी अध्यक्ष कार्कीले बताए । आइसीसीका अध्यक्ष कार्कीले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा जानका लागि एनईसएसीले निमन्त्रणा गरेकोमा हर्षितसमेत भएको प्रतिक्रिया दिए । “संघका अध्यक्ष दिलकुमार घमाललगायत सबै पदाधिकारीलाई हार्दिक धन्यवाद दिन्छु निमन्त्रणाका लागि,” कार्कीले भने, “प्रवासमा रहेर पनि भलिबलको विकासमा उहाँहरुले योगदान गरिरहनु भएको छ । यसमा म अत्यन्तै खुसी भएको छु । एनईसएसीलाई सहयोग गर्न म सबैलाई आग्रह पनि गर्दछु ।” उनले एनईएससीमा आबद्ध हुन युरोपमा रहेका सबैलाई आग्रह गरेका छन् । खेलकुदमार्फत आपसी भाइचारा अभिवृद्धि हुनुका साथै प्रवासमा रहेका नेपालीबीच एकतासमेत गराउने उनको भनाइ थियो ।
एनईसएसीका अध्यक्ष दिलकुमार घमालको नेतृत्वमा जाने टोलीले उपाधि जित्ने गरी तयारी गरिरहेको कार्कीले बताए । प्रवासी नेपाली मञ्च डेनमार्कले आगामी जून ४ तारिखमा आयोजना गरेको प्रतियोगितामा एनईसएसीले सहभागिताका लागि तयारी गरिरहेको छ । ‘स्वास्थ्य र लागि खेलकुद’ भन्ने मूल नाराका साथ स्थापित संघले यसअघि फिनल्याण्डमा भएको प्रतियोगितामा समेत सहभागिता जनाइसकेको छ ।
प्रतियोगितामा अनजल अधिकारीको कप्तानीमा तथा संघका अध्यक्ष दिलकुमार घमालको नेतृत्वमा खेम विश्वकर्मा, रोहित विश्वकर्मा, प्रेम रसैली, गर टेम्बा शेर्पा, पासङ नगिमा शेर्पा, अमृत तिवारी, गणेश थापा, राजु विश्वकर्मा, किरण भण्डारी, रावत विजय पल, डा. किशोर कमल र सुनिल सुनारले सहभागिता जनाउने टुंगो लागिसकेको छ । एनईएससीका अध्यक्ष घमालले नेतृत्व गर्ने टोलीको टिम म्यानेजरका रुपमा पासङ नगिमा शेर्पा रहनेछन् । सन् २०२० मा स्थापित संघले प्रवासमा रहेर पनि भलिबल खेलकुदको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । डेनमार्कमा हुने प्रतियोगिताको विजेताले २ हजार ५ सय युरो र उपविजेताले १ हजार युरोसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १०:३१:३३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित