घरमा गुडिरहेको ट्याक्टर खस्दा एक युवकको मृत्यु
मिति: २०२३-०४-०५ , समय : १०:४८:३५ , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : १०:४८:३५ , आवर प्रदेश
आवर प्रदेश
बागलुङ। गुडिरहेको ट्याक्टर सडकछेउको घरमा खस्दा एक युवकको मृत्यु भएको छ । गलकोट नगरपालिका–११ रिघा मनेवा मामाघरमा आएका नवलपुरका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माले बताए ।
मध्यपहाडी लोकमार्गमा गुडिरहेको ध १ त ६०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर स्थानीय होमबहादुर सिंजालीको घरमा खसेको थियो । ट्याक्टरले सिंजालीको घरमा समेत क्षति पुगेको छ । घटनापछि ट्याक्टर चालक डिक्सन पुन फरार छन् ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १०:४८:३५ , २ वर्ष अगाडि