सुनको मूल्य २ हजार रुपैयाँले वृद्धि
मिति: २०२३-०४-०५ , समय : ११:२०:२० , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : ११:२०:२० , आवर प्रदेश
आवर प्रदेश
सुनचाँदी बजारमा बुधवार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : ११:२०:२० , २ वर्ष अगाडि