भारतमा काेराेना संक्रमणको संख्या वृद्धि

मिति: २०२३-०४-०५ , समय : १२:२१:५२ , आवर प्रदेश

आवर प्रदेश

भारतमा काेराेना संक्रमण फेरि उकालाे लागेकाे छ । बितेकाे २४ घन्टामा मात्रै साढे चार हजार संक्रमित फेला परेका छन् । याे साढे पाँच महिना यताकै सर्वाधिक संख्या हाे ।

भारतकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार एकैदिन ४ हजार ४ सय ३५ संक्रमित थपिँदा सक्रिय संक्रमितकाे संख्या बढेर २३ हजार ९१ भएकाे छ ।

यस्तै भारतमा एकैदिन १५ जना संक्रमितकाे मृत्यु भएकाे छ । दैनिक संक्रमणदर बढेर ३.३८ प्रतिशत पुगेकाे छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १२:२१:५२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्