प्रतिबन्धति लागुऔषध अफिम सहित १ जना पक्राउ

मिति: २०२३-०४-०५ , समय : १३:१९:३८ , आवर प्रदेश

आवर प्रदेश

संखुवासभा, चैत्र २२ गते । संखुवासभाको खाँदबारी नगरपालिका-२ स्थितबाट प्रतिबन्धित अफिम सहित १ जना पक्राउ परेका छन् ।

हिजो अपरान्ह बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खाँदबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासीको क्रममा खाँदबारी-२ का ६७ बर्षीय गोपाल भट्टराईले साथमा बोकेको तथा घरमा लुकाई राखेको २७ ग्राम ६८ मिलिग्राम अफिम बरामद गरेको हो ।

प्रतिबन्धित अफिम सहित पक्राउ परेका भट्टराईको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १३:१९:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित