आगलागीमा परी एक जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
मिति: २०२३-०४-०५ , समय : १४:०३:५२ , आवर प्रदेश
मिति: २०२३-०४-०५ , समय : १४:०३:५२ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २२ चैत । कास्की, पोखरा महानगरपालिका-१७ विरौटा समृद्धीमार्ग बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका-१ घर भएका ४५ वर्षीय इन्द्र प्रसाद अर्यालको कोठामा मंगलबार दिउँसो आगलागी हुँदा उक्त आगलागीमा परी उनको घटनास्थलमै मृत्यु भएको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-६ प्रयाग पोखरीस्थित झापा घर भइ महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने २६ वर्षीय गंगा श्रेष्ठको हिमालयन कंचन जंगा ट्रेडर्स एण्ड एक्पोर्ट होलसेल रिटेल्स लेडिज एण्ड जेन्स फेसन वेयर फेन्सी पसलमा मंगलबार राति आगलागी हुँदा पसलमा रहेको विभिन्न फर्निचरको सामाग्री र कपडा पूर्णरुपमा जलेर करिब १ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्सैगरी पाँचथर, कुम्मायक गाउँपालिका-१ भद्रौरेस्थित साब्ला सामुदायिक वनमा लागेको आगो फैलिएर सोही ठाउँ बस्ने कमल जंग लावतीको घर र बिर्ख लावतीको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सिरहा, सिरहा नगरपालिका-२२ मुसहरी टोल बस्ने सुमन दासको कुखुरा फर्ममा विद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
त्सैगरी लमजुङ, राईनास नगरपालिका-९ कुवापानी बस्ने ५६ वर्षीय चेमान गुरुङको राईनास बाख्रा तथा भेडा पालन कृषक फर्ममा करेन्ट सर्ट भई मंगलबार राति आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
खोटाङ, खोटेहाङ गाउँपालिका-८ कसेरी बस्ने २३ वर्षीय रामु राईको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा नगद ३० हजार रुपैयाँ, सुन तथा चाँदीका गहना, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, काठपात लगायतका समान जलेर करिब ५ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, बकैया गाउँपालिका(१ डाङडुगे बस्ने ४५ वर्षीय नेत्र बहादुर फुयालको घर र गोठमा आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुर, चाँगुनारायण नगरपालिका(७ यतु महादेव टोल बस्ने २५ वर्षीय कुमार विकको यतु महादेव गाई फर्ममा मंगलबार राति आगलागी हुँदा करिब ४ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
त्सैगरी रौतहट, चन्द्रपुर नगरपालिका(९ सिन्दुरेघारी बस्ने आशिष भन्ने रण बहादुर कार्कीको घरमा मंगलबार राति आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०५ , समय : १४:०३:५२ , २ वर्ष अगाडि