पोखरामा चितुवाको आक्रमणले २ घाइते, पछि चितुवा मृत अवस्थामा फेला

मिति: २०२३-०३-१६ , समय : ११:३२:१६ , आवर प्रदेश

आवर प्रदेश

पोखरा। कालिज फार्ममा पसेको चितुवाको आक्रमणले पोखरा १८ मा २ जना घाइते भएका छन् । भकुण्डेमा ध्रुव थापाले चलाइरहेको कालिज फार्ममा बुधबार बिहान चितुवा पसेको हो ।

चितुवाले त्यहाँका कामदारलाई आक्रमण गरेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी वेद जोशीले जानकारी दिए । आक्रमणबाट रुपा गाउँपालिका ४ बस्ने वर्ष २८ का श्रीकृष्ण मल्ल ठकुरी र ३२ वर्षे राजेश तिमिल्सिना घाइते भएका हुन् ।

चितुवा फार्मबाट बाहिर निस्कने क्रममा मानिसमाथि आक्रमणमा उत्रिएको थियो । उनीहरुको गालामा चितुवाले चिथोरेको र उपचारका लागि अस्पताल भर्ना गरिएको जोशीले जानकारी दिएका छन् ।

मानिसलाई आक्रमण गर्ने चितुवा खोज्दा मृत अवस्थामा झाडीमा भेटिएको पनि प्रहरीले जनाएको छ । मृत चितुवा प्रहरीले जिल्ला वन कार्यालय कास्कीलाई जिम्मा लगाएको छ ।भिडियो सहीत

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ११:३२:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित