बंगलादेशको बंगा बजारमा भीषण आगलागी

मिति: २०२३-०४-०५ , समय : १४:५७:५६ , आवर प्रदेश

आवर प्रदेश

बंगलादेशको मुख्य कपडा बजार मानिने बंगा बजारमा भीषण आगलागी भएको छ । सो आगलागीमा ३५ सय कपडा पसल जलेर नष्ट भएको सिन्ह्वाले जनाएको छ ।

राजधानी ढाकामा रहेको बंगा बजारमा स्थानीय समयअनुसार मंगलबार बिहानै ६ बजेर १० मिनेटमा आगलागी सुरु भएको थियो । आगलागी ६ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । सो आगलागीका क्रममा आठ जना घाइते भए भने आगलागीको कारण हालसम्म खुल्न सकेको छैन ।

उक्त भीषण आगलागीलाई नियन्त्रणमा लिन ४८ दमकलको प्रयोग भएको थियो । हेलिकोप्टरबाट पनि पानी निभाउन पानी खन्याइएको थियो । यस आगलागीले करोडौँको क्षति पुगेको छ । क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।

शहरको बिचमा यसरी ठूलो आगलागी भएपछि अग्नियिन्त्रकसहित बंगलादेशका स्थल र वायु सेनाको संयुक्त टोली आगो निभाउन खटेका थिए । गत महिना मार्चमा ७ पनि ढाकाको सिद्दिकी बजारमा आगलागी भएको थियो । त्यसबेला १९ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १४:५७:५६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित