जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

मिति: २०२३-०४-०६ , समय : १२:१५:३७ , आवर प्रदेश

आवर प्रदेश

सुर्खेत, २३ चैत। वीरेन्द्रनगर नगरपालिका-९ बस्ने ४२ वर्षीय दावा गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ७५ रूपैयाँ र मोबाइल ७ थानसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १२:१५:३७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्