रतुवामाईमा ट्याक्टर दुर्घटना हुँदा ४५ वर्षीय भुषण लाल चौधरीको मृत्यु

मिति: २०२३-०४-०६ , समय : १२:३४:४९ , आवर प्रदेश

आवर प्रदेश

मोरङ। रतुवामाई नगरपालिका-१० सोमबारेस्थित सडकमा ना।१ क ६१६० नम्बरको टिपर र को।१ त ६५३६ नम्बरको ट्याक्टर एक-आपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही नगरपालिका-४ बस्ने ४५ वर्षीय भुषण लाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०६ , समय : १२:३४:४९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्