झापाबाट अवैध लागूऔषध सहित दुई जना पक्राउ

मिति: २०२३-०४-०७ , समय : ११:३८:३८ , आवर प्रदेश

आवर प्रदेश

झापा, मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका(११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय याम बहादुर अधिकारी रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : ११:३८:३८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्