छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

मिति: २०२३-०४-०७ , समय : ११:५८:०५ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, २४ चैत। रामेछाप, मन्थली नगरपालिका-७ कौछेनी मानेखोपस्थित सडकमा मन्थलीबाट कौछेनीतर्फ जाँदै गरेको बा।११ च ५५३ नम्बरको बोलेरो जिप सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्थली नगरपालिका(७ कौछिनी बस्ने ८२ वर्षीय नन्दमाया भण्डारी समेत ४ जनाको घटनास्थलमै र सोही नगरपालिका कौछेनी बस्ने ५० वर्षीय दल बहादुर आले मगरको सामुदायिक अस्पताल मन्थलीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ८ जनाको मन्थली अस्पतालमा उपचार भइरहेको छ भने १ जनालाई धुलिखेल अस्पताल काभ्रेमा र २ जनालाई अपाङ्ग अस्पताल जोरपाटी काठमाडौंमा थप उपचारको लागि पठाइएको छ ।

त्सैगरी सप्तरी, बोदेबर्साइन नगरपालिका-२ बैरियास्थित सडकमा को।१७ प ९४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ भाटिन बस्ने १७ वर्षीय सागर पंडितको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कैलाली, चुरे गाउँपालिका-६ ओखलढुङ्गास्थित सडकमा सुदूरपश्चिम प्र।०१००२ त ५२६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका आमथला बस्ने ३८ वर्षीय दान बहादुर सिजालीको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : ११:५८:०५ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित