प्रशान्त श्रेष्ठको प्रस्तुतिमा प्रताप दासको स्वर “गल्ति गरें” बजारमा आयो (भिडियो सहित)
मिति: २०२३-०४-०७ , समय : १४:०९:०४ , आवर प्रदेश
मिति: २०२३-०४-०७ , समय : १४:०९:०४ , आवर प्रदेश
आवर प्रदेश
काठमाण्डौ ,चैत्र २४। स्थायी घर नेपाल बाँके र केहि बर्ष अघि सम्म प्रबासमा रहेर नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको निमित्त खाई नखाई आर्थिक जोहो गरेर बिगत निकै लामो समय यता बिभिन्न गीत संगीतमा काम गरिसकेका लोकप्रिय गीतकार प्रशान्त श्रेष्ठले नेपाल फर्किए पश्चात पुनः अर्को गीत सार्बजनिक गरेका छन् ।
उनले धेरै लोक दोहोरी गीतमा शब्द भरिसकेका छन् भने बिभिन्न गीत संगीतको म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् । प्रशान्तको अभिनयले सजिएको “कुराकानी बिचार” बोलको गीत करिब १ महिना अगाडी सार्बजनिक भएको थियो । यसको चौतर्फी सफलता पछी उनले माथि उल्लेखित गीत सार्बजनिक गरेका हुन् ।
गीतकार तथा मोडल प्रशान्त श्रेष्ठको जिबनले नियालेका हरेक घट्नामा आधारित रहेको यस गीतलाई पनि उनैले शब्द भरेका छन् । महेश बिक्रम पाण्डेको संगीत द्वारा सुसजित गीतमा सर्वप्रिय गायक प्रताप दासको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा गीतकारले भोगेका केहि वास्तविकता समाबेश गरिएता पनि आम प्रेममा धोका खाएर वियोग सहने अशंख्य श्रोता तथा दर्शकहरुको भाव समाबेश गरिएको छ । “गल्ति गरें” बोलको गीतको म्युजिक भिडियोमा समारिका ढकाल, गङ्गा सुनुवार, प्रनिता तामाङ्गको साथमा गीतकार स्वयम् प्रशान्त देखिएका छन् ।
Rps Production Pvt युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको र पुनम रेकडिङ स्टुडियोमा रेकर्डिङ भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन संगीतकार महेश बिक्रम पाण्डेले नै गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन अमृत चापागाईंले गरेका छन् । प्रस्तुतकर्ता, गीतकार तथा मोडल प्रशान्त श्रेष्ठले आफ्ना पहिलेका गीत संगीत जसरी नै अशंख्य श्रोता तथा दर्शकहरुले मन पराईद्नु भएमा थप यस क्षेत्रको सम्बृद्धिका लागी आफुलाई हौसला मिल्ने बताएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।
प्रकाशित मिति: २०२३-०४-०७ , समय : १४:०९:०४ , २ वर्ष अगाडि