सुनवर्षी-८ सिक्टी नाकाबाट अवैध लागूऔषध सहित २ जना पक्राउ

मिति: २०२३-०४-०७ , समय : १६:४९:३१ , आवर प्रदेश

आवर प्रदेश

मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टी नाकाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ५ हजार ट्याब्लेटसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनवर्षी नगरपालिका(६ रवनपुर बस्ने २६ वर्षीय दिनेश कुमार दास र सोही ठाउँ बस्ने १९ वर्षीय मन्तोश कुमार दास रहेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को।३७ प ८३४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-०७ , समय : १६:४९:३१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित