खेलाडी कुनै पार्टीको हुँदैन, खेल सबैभन्दा माथि हुन्छ : पर्शुराम बस्नेत
मिति: २०२३-०४-०८ , समय : २०:१४:२३ , आवर प्रदेश
मिति: २०२३-०४-०८ , समय : २०:१४:२३ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं । नेपाल खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतले खेलको माध्यबाट नेपालाई विश्वभरि सगौरव चिनाउन अहोरात्र खटिरहेको बताउनुभएको छ ।
नेपाल खेलकुद महासंघ रामेछापको दोस्रा जिल्ला अधिवेशनकाको शनिबार मन्थलीमा उद्घाटन गर्दै बस्नेतले खेल खेलेर बाँच्ने वातावरण सिर्जना गर्न नेपाल खेलकुद महासंघ योजना बनाएर लागेको बताउनुभयो । ‘नेपाल खेलकुद महासंघ गर्वका साथ खेल खेलेर बाँच्ने आधार बनाउन चाहन्छ’, बस्नेतले भन्नुभयो ।
बस्नेतले राष्ट्रिय खेलकुद परिषद्लाई खेलकुदको नाममा राजनीति नगर्न आग्रह गर्नुभयो । आफ्नो स्वार्थ पुरा गर्न, नेतृत्व कब्जा गर्ने र आफ्नो पार्टीका नेतालाई खुसी पार्ने काममा मात्र राष्ट्रिय खेलकुद परिषदद्वारा भएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘खेलकुद कुनै पार्टीको हुँदैन, खेल सबैभन्दा माथि हुन्छ’, उहाँले भन्नुभयो ।
नेपालको खेलकुदको विकासको लागि खेल गतिविधि अघि बढाउन जरुरी रहेको उहाँले बताउनुभयो । कुनै संस्था कब्जा गरेर खेल क्षेत्रको विकास हुन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
नेकपा एमाले र खेलकुद महासंघ राज्यमा नहुँदा पनि आफ्नै तर्फबाट खेल र खेलाडीको विकासको काममा लागेका उहाँले बताउनुभयो । नेपाल खेलकुद महासंघ आफैले खेलाडीलाई सम्मान र पुरस्कार दिने काम सुरु गरेको बस्नेतले बताउनुभयो ।
नेपाली खेलाडी खेल्दा खेल्दै बिरामी पर्यो भने उपचार समेत हुन नसकेको अवस्थामा नेपाल खेलकुद महासंघले घाइते खेलाडीको ट्रमा सेन्टरमा निःशुल्क उपचारको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । देश भरिका अस्पतालमा खेलाडीको उपचारमा छुटको व्यवस्था मिलाउन महासंघले पहल गरिरहेका उहाँले बताउनुभयो ।
खेलाडी गौरवका पात्र भएको बताउँदै बस्नेतले खेलाडी जुनसुकै मञ्चमा उभिँदा पनि गौरव गर्नुपर्ने बताउनुभयो । स्थानीय सरकाले पनि खेल र खेलाडीको विकासको लागि खेलाडीलाई पोषण भत्ता तथा प्रशिक्षकको लागि तलबको व्यवस्था गर्नुपर्ने उहाँले सुझाव दिनुभयो ।
खेलाडीको सम्मानका लागि मेडल प्राप्त खेलाडीलाई मासिक भत्ता दिने व्यवस्था मिलाउनु पर्ने बताउँदै बस्नेतले त्यसको लागि खेलकुद महासंघले नियमित पैरवी गर्दै आएको बताउनुभयो । त्यसो भयो भने खेल तर्फ आकर्षण बढ्ने उहाँले प्रष्ट पार्नुभयो ।
आज युवालाई भ्रममा पारेर नेपाली नागरिकता नै नभएको मानिस मुलुकको गृह मन्त्री भएको उहाँले बताउनुभयो । केही समयको लागि बढी प्रचार गरेर गलतलाई सही प्रमाणित गराउने प्रयास भएको उहाँको भनाइ छ । त्यसैले युवा र खेलाडी गलत विचार र व्यक्तिको पछि लाग्न नहुने उहाँले बताउनुभयो ।
बस्नेतले देशको सबैभन्दा बढी माया गर्ने खेलाडी नै भएको बताउनुभयो । राष्ट्रिय झण्डा बोकेर खेल मैदानमा जाने र झण्डा बोकेरै खेल मैदानबाट निस्कने खेलाडी नै भएकोले खेलाडी राष्ट्रका गौरव भएका उहाँले बताउनुभयो ।
बस्नेतले जसरी खेलाडी अनुशासित हुन्छ, त्यसै गरी एमाले कार्यकर्ता पनि अनुशासित हुनु पर्ने बताउनुभयो । यो कुरालाई एमालेका कुनै नेता कार्यकर्ताले भुल्न नमिल्ने उहाँले प्रष्ट पार्नुभयो ।
प्रकाशित मिति: २०२३-०४-०८ , समय : २०:१४:२३ , २ वर्ष अगाडि