अवैध लागूऔषधसहित ६ जना पक्राउ
मिति: २०२३-०४-०९ , समय : १८:४३:२४ , आवर प्रदेश
मिति: २०२३-०४-०९ , समय : १८:४३:२४ , आवर प्रदेश
आवर प्रदेश
काठमाडौं, २६ चैत। दाङ, घोराही उपमहानगरपालिका-१६ बैरबटुवा शिवशक्ति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ बैरबटुवा बस्ने २१ वर्षीय भुवन डाँगी र सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने २० वर्षीय प्रवेश रोका रहेका छन् । जिल्ला प्रहरी कार्यालय घोराही दाङबाट खटिएको प्रहरीले रा।५ प ७२५० नम्बरको मोटरसाइकलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ मिलन चोकबाट २ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसगुरसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने ४० वर्षीय ओम अधिकारी र सोही ठाउँ बस्ने २२ वर्षीय भुपेन्द्र मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(७ मनेहराबाट अवैध लागूऔषध ब्राउनसगुर २ सय ६० मिलिग्रामसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-७ बस्ने १८ वर्षीय किशोर र जोशीपुर गाउँपालिका-४ बस्ने २० वर्षीय असिम सागर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगरसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-०९ , समय : १८:४३:२४ , २ वर्ष अगाडि