सुनको मूल्य आज ७ सय रुपैयाँले घट्यो

मिति: २०२३-०४-१० , समय : ११:१२:१४ , आवर प्रदेश

आवर प्रदेश

सोमबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले सस्तिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले घट्दै १ लाख ९ हजार ३ सय रुपैयाँमा झरेको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:१२:१४ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्