मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु , बुवा घाइते

मिति: २०२३-०४-१० , समय : ११:२३:०६ , आवर प्रदेश

आवर प्रदेश

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा आइतवार राति मोटरसाइल दुर्घटना हुँदा छोरीको मृत्यु भएको छ भने बुवा घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित कल्याणपुर बजारमा को१५प १९१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार उदयपुरको त्रियुगा नगरपालिका–९ बगाहा टोलकी १० वर्षीया एञ्जिला बस्नेतको मृत्यु भएको हो ।

मोटरसाइकल चालक मृतकका बुवा ३६ वर्षीय ध्रुव बस्नेत घाइते भएका छन् ।

घाइते एञ्जिलाको छिन्नमस्ता अस्पताल, राजविराजमा उपचारका क्रममा आइतवार राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । घाइते ध्रुवको उपचार भइरहेको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३च ५२९३ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कल्याणपुरले कारका चालकलाई नियन्त्रणमा लिएको छ ।

 

प्रकाशित मिति: २०२३-०४-१० , समय : ११:२३:०६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्