जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ
मिति: २०२३-०४-१० , समय : १२:३५:२२ , आवर प्रदेश
मिति: २०२३-०४-१० , समय : १२:३५:२२ , आवर प्रदेश
आवर प्रदेश
पाल्पा, २७ चैत । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तानसेन नगरपालिका(११ गाबुडाँडा बस्ने ३७ वर्षीय लिला बहादुर बस्याललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बस्यालले ती बालिकालाई चैत २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १२:३५:२२ , २ वर्ष अगाडि