सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको वृद्धि

मिति: २०२३-०४-१० , समय : १६:२७:२९ , आवर प्रदेश

आवर प्रदेश

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको वृद्धि भएको छ । यसदिन नेप्से सूचक ५.५४ अंकले बढ्दै १८ सय ४४.०२ अंकको विन्दुमा उक्लिएको हो ।

यद्यपि, कारोबार रकममा भने खासै सुधार आएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५.५४ अंकले नेप्से बढ्दै गर्दा यता ९१ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको मात्र सेयर कारोबार हुन सकेको छ ।

आज फाइनान्स समूहको उपसूचक बाहेक अन्य १२ वटा उपसूचक धनात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.७० प्रतिशतले बढेको छ भने इन्भेष्टमेन्ट समूहको उपसूचक १.३० प्रतिशतले वृद्धि भएको छ । अन्य १० वटा उपसूचकहरु भने १ प्रतिशत कमले वृद्धि भएका छन् । आज सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५४ प्रतिशतले घट्न पुगेको छ ।

प्रकाशित मिति: २०२३-०४-१० , समय : १६:२७:२९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित