अवैध लागूऔषधसहित २ जना पक्राउ
मिति: २०२३-०४-१० , समय : १८:०४:३८ , आवर प्रदेश
मिति: २०२३-०४-१० , समय : १८:०४:३८ , आवर प्रदेश
आवर प्रदेश
सप्तरी, २७ चैत। खडक नगरपालिका-४ पंसेरा टोलबाट अवैध लागूऔषध गाँजा २ सय ग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ बर्षी शंकर प्रसाद चौधरी र २० वर्षीय सुरज पासवान रहेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले चौधरीले सञ्चालन गरेको बोईलर कुखुरा फर्म जाँच गर्दा लुकाईछिपाई राखेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१० , समय : १८:०४:३८ , २ वर्ष अगाडि