नेपाली बजारमा सुन-चाँदीको मूल्य वृद्धि
मिति: २०२३-०४-१२ , समय : ११:२०:१० , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : ११:२०:१० , आवर प्रदेश
आवर प्रदेश
बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ।
गत कारोबार दिन अर्थात् मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य बुधबार पनि प्रतितोला एक हजार रूपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार २० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : ११:२०:१० , २ वर्ष अगाडि