इजरायल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने सुनिलकुमार यादव पक्राउ
मिति: २०२३-०४-१२ , समय : १५:०१:४८ , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १५:०१:४८ , आवर प्रदेश
आवर प्रदेश
इजरायल पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्दियाको खैरापुर घर भई काठमाडौंको लाजिम्पाटमा बस्दै आएका २६ वर्षीय सुनिलकुमार यादवलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
उनी दुई जना पीडितबाट ३१ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन बनेको प्रहरीले जनाएको छ । इजरायलको एग्रिकल्चरमा जागिर हुने र प्रत्येक महिना १ लाख ९० हजार तलब हुने भन्दै प्रलोभन देखाएका थिए ।
उनले जनही १८ लाख रुपैयाँ खर्च लाग्ने भन्दै दुई जना पीडितबाट ३१ लाख रुपैयाँ लगेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १५:०१:४८ , २ वर्ष अगाडि