नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले नयाँ अफर उपलब्ध गराउने

मिति: २०२३-०४-१२ , समय : १६:५३:५९ , आवर प्रदेश

आवर प्रदेश

नेपाल टेलिकमले नयाँ वर्ष २०८० को अवसरमा ग्राहकहरूका लागि नयाँ वर्ष २०८० अफर उपलब्ध गराउने भएको छ।

सो अवसरमा कम्पनीले भ्वाइस, डाटा र बोनस अन रिचार्ज प्याकेज उपलब्ध गराउने बताएको छ।

कम्पनीले ४९ रुपैयाँमा एक दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध गराउने छ।

यसैगरी, डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा तीन दिन चलाउन सकिने ६ जिबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जिबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जिबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जिबी डाटा प्याकेज उपलब्ध गराउने छ।

त्यसैगरी, एमपोस र फिजिकल रिचार्जबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डाटा प्याकेज उपलब्ध गराउने छ।

यस अनुसार २०० रुपैयाँदेखि ४९९ रुपैयाँसम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जिबीका दरले चलाउन सकिने गरी दुई जिबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी ५०० रुपैयाँ र सो भन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन दुई जिबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जिबी डाटा उपलब्ध हुनेछ।

नेपाल टेलिकमले उपलब्ध गराउने सो अफर चैत ३० गतेदेखि आगामी २०८० वैशाख ६ गतेसम्म प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकले प्याकेज खरिद गर्दा लागू हुने कम्पनीको भनाइ छ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : १६:५३:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्