काभ्रेपलाञ्चोकमा आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ
मिति: २०२३-०४-१२ , समय : १७:५६:३० , आवर प्रदेश
मिति: २०२३-०४-१२ , समय : १७:५६:३० , आवर प्रदेश
आवर प्रदेश
काभ्रेपलाञ्चोक, २९ चैत। आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको अभियोगमा पनौती नगरपालिका-११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१२ , समय : १७:५६:३० , २ वर्ष अगाडि