चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

मिति: २०२३-०४-१३ , समय : १६:३७:४१ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ३० चैत। चोरीको मोटरसाइकल सहित नुवाकोट लिखु गाउँपालिका(२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका(४ लोलाङ हाइट बस्ने ३९ वर्षीय रमेश बहादुर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(३ हैबुङ घर भई काठमाडौं थली बस्ने कृष्ण बहादुर तामाङको बागमती प्रदेश ०२(०१५ प १७ ७४ नम्बरको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालय पीडित सहायता ‍ईकाइबाट खटिएको ट्राफिक प्रहरीले राईले उक्त मोटरसाइकलमा नम्बर प्लेट नराखी चलाइरहेको अवस्थामा काठमाडौं लोलाङ हाइटबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १६:३७:४१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्