छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

मिति: २०२३-०४-१३ , समय : १७:३१:५७ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ३० चैत। चितवन, कालिका नगरपालिका(२ चार नम्बर बाटोस्थित भित्री सडकमा ना।१५ प ३७७२ नम्बरको मोटरसाइकल र बा।प्र।०३(०४ प ९५१७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धादिङ गल्छी बस्ने २१ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका(१५ मंगलपुरस्थित सडकमा प्रदेश २(०३(००१ च ५७९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३४ वर्षीया सुमित्रा तामाङकी छोरी १८ महिनाकी यान्बी तामाङको बुधबार दिउँसो मृत्यु भएको छ ।

उक्त स्थानमा ना।२ ह ११९२ नम्बरको अटोलाई ना।२ ह ७३१७ नम्बरको अटोले ठक्कर दिँदा ना।२ ह ७३१७ नम्बरको अटोमा सवार सुमित्रा तामाङ र उनकी छोरी अटोबाट खस्न गई उनीहरूलाई उक्त पिकअप गाडीले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी यान्बी तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । तीन वटै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्सैगरी नवलपरासी९पश्चिम०, रामग्राम नगरपालिका(१० लक्ष्मीपुरस्थित भित्री सडकमा युपि ५६ एयु ३६८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने राजेश चौधरीकी छोरी ९ वर्षीया पिंकी चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका(८ भुर्कीस्थित सडकमा को।११ प ९५५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(१४ बस्ने ३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको हलगडा सामुदायिक हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्सैगरी रौतहट, गुजरा नगरपालिका(७ परसवा चोकमा परसवा चोकबाट पल्टुवातर्फ जाँदै गरेको ना।३१ प ७७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय ननु हजाराको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका(१ स्थित सडकमा जितपुरबाट पथलैयातर्फ जाँदै गरेको बा।४० प ६४४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका(१६ बस्ने ४० वर्षीय सन्तराम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : १७:३१:५७ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्