उर्लाबारीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

मिति: २०२३-०४-१७ , समय : १२:१०:२३ , आवर प्रदेश

आवर प्रदेश

मोरङ, बैशाख ४ गते । मोरङको उर्लाबारी नगरपालिका-४ आईतबारे पश्चिम राजमार्ग स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो बेलुका साढे ६ बजे पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प १६४८ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका पैदल यात्री बराहक्षेत्र नगरपालिका सुनसरीका ५६ बर्षीय लोक बहादुर परियारको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी इटहरी उप-महानगरपालिका-२ का २२ बर्षीय प्रबिन श्रेष्ठलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १२:१०:२३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्