प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने सहमति
मिति: २०२३-०४-१७ , समय : १२:३०:४१ , आवर प्रदेश
मिति: २०२३-०४-१७ , समय : १२:३०:४१ , आवर प्रदेश
आवर प्रदेश
सत्तासाझेदार प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक बोलाउने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमवार भएको तीन दलका शीर्ष नेताको बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । संवैधानिक परिषद्को बैठक राख्न ओली सहमत भएको लेखकले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत सहभागी थिए । यस्तै बैठकमा सभामुख देवराज घिमिरे पनि सहभागी थिए ।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अगाडि बढाउने र संसद्का समितिलाई पूर्णता दिनेबारे समेत छलफल भएको लेखकले जानकारी दिए ।
सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्यायाधीशको भरमा चलिरहेको छ ।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १२:३०:४१ , २ वर्ष अगाडि