साउदी अरब रियाल देखाई सुनको ब्रासलेट ठगी गर्ने दुई जना पक्राउ

मिति: २०२३-०४-१७ , समय : १२:५९:१६ , आवर प्रदेश

आवर प्रदेश

काठमाडौं, ४ वैशाख। वैदेशिक रोजगारीबाट फर्किएका एक पीडितलाई साउदी अरब रियाल देखाई पीडितको साथबाट ५० ग्रामको सुनको ब्रासलेट ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुली दुधौली नगरपालिका-१० नसिथौंली घर भई काठमाडौं मुलपानी बस्ने ३६ वर्षीय जहरसिंह घिसिङ र ३४ वर्षीय पानीसिंह घिसिङ रहेका छन् ।

पासपोर्ट नभएका कारणले साउदी अरब रियाल साट्न मिलेको छैन तपाईले लगेर साट्नु भन्दै पीडितलाई प्रलोभनमा पारी पीडितको साथबाट सुनको ब्रासलेट लिई फरार भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि उनीहरूलाई काठमाडौं चाबाहिलबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

प्रकाशित मिति: २०२३-०४-१७ , समय : १२:५९:१६ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्