एसीसी प्रिमियर कप शुरू हुँदै

मिति: २०२३-०४-१८ , समय : १०:१३:४१ , आवर प्रदेश

आवर प्रदेश

नेपालमा मंगलवारबाट एसीसी प्रिमियर कप शुरू हुँदैछ ।

कपअन्तर्गत आज साढे ९ बजेबाट मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा खेल शुरू हुन लागेको हो ।
मूलपानी मैदानमा हुने खेलमा हङकङ र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ भने कीर्तिपुरमा नेपाल र मलेसियाबीच खेल हुनेछ ।

मूलपानी मैदानमा आयोजना हुने पहिलो अन्तर्राष्ट्रिय खेल पनि हो । वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन हुनेछन् ।

कूल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते कीर्तिपुरमा हुनेछ । प्रतियोगितामा १० राष्ट्र सम्मिलित छन् । १० टीमलाई २ समूहमा विभाजन गरेर खेलाइनेछ ।

समूह ‘ए’मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान छन् । समूह ‘बी’मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई छन् ।

हरेक समूहमा शीर्ष स्थानमा रहने २ टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनल जित्ने टीम एशिया कपका लागि छनोट हुनेछ ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १०:१३:४१ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित