२४ घण्टामा १७१ जना कोरोना सङ्क्रमित , २ जनाको मृत्यु

मिति: २०२३-०४-१८ , समय : १६:५७:०३ , आवर प्रदेश

आवर प्रदेश

पछिल्लो दिनमा कोरोना सङ्क्रमित बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा १७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ८५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा ४ जना भेन्टिलेटरमा छन् भने आइसियुमा ८ जना रहेका छन् ।

प्रकाशित मिति: २०२३-०४-१८ , समय : १६:५७:०३ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्