स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

मिति: २०२३-०४-२० , समय : १२:३५:३२ , आवर प्रदेश

आवर प्रदेश

पर्सा, ७ वैशाख । वीरगंज महानगरपालिका-११ स्थित सडकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ३२ वर्षीय छठु महत्तोलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले प्रदेश ३(०३(००१ प १२३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार महत्तोलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

उनी उपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १२:३५:३२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित