गौरादहबाट जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

मिति: २०२३-०४-२० , समय : १७:४९:५९ , आवर प्रदेश

आवर प्रदेश

झापा, ७ वैशाख। ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरादह नगरपालिका-५ बस्ने ४१ वर्षीय उद्धव तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

तामाङले ललाई फकाई आफ्नै घरमा लगि ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी महारानीझोडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०४-२० , समय : १७:४९:५९ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित