ओमानविरुद्ध नेपाललाई चौथो झट्का

मिति: २०२३-०४-२१ , समय : १०:५४:१२ , आवर प्रदेश

आवर प्रदेश

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा ओमानविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । ७२ रन हुँदा नेपालले चौथो विकेटका रूपमा भीम सार्कीलाई गुमाएको हो ।

भीम ५६ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ३३ रन बनाएर आउट भए । यसअघि ४.४ ओभरमा शून्यमै दुई विकेट गुमाएको नेपालले ५४ रन हुँदा तेस्रो विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमाएको थियो ।

रोहितले भीम सार्कीसँग ५४ रनको साझेदारी गर्दै नेपाललाई उकास्ने प्रयास गरेका थिए । रोहित ३४ बलमा दुई चौका प्रहार गर्दै २३ रन बनाएर आउट भए ।

यसअघि लगातार दुई ओभर रन बनाउन नसकेको नेपालले ३.२ ओभरमा पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको थियो । उनलाई बिलाल खानले आउट गराएका थिए ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४.४ ओभरमा अर्का ओपनर आसिफ शेखलाई गुमायो । जबकी नेपालले एक रन पनि बनाउन सकेको थिएन ।

ओमानका लागि जिशान मक्सोद, फायाज बुट, बिलाल खान र कलिमउल्लाहले समान १–१ विकेट लिएका छन् ।

प्रकाशित मिति: २०२३-०४-२१ , समय : १०:५४:१२ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्