गुल्मीमा आगलागीमा परी एक बालकको मृत्यु
मिति: २०२३-०४-२१ , समय : ११:२८:३१ , आवर प्रदेश
मिति: २०२३-०४-२१ , समय : ११:२८:३१ , आवर प्रदेश
आवर प्रदेश
गुल्मीमा आगो निभाउने क्रममा आगलागीमा परी एक बालकको ज्यान गएको छ ।
आगलागीमा परी गम्भीर घाइते धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको शुक्रबार बिहान उपचारका क्रममा मिसन अस्पताल पाल्पामा मृत्यु भएको हो ।
गएराति आफ्ना परिवारका सदस्यका साथमा स्थानीय बर्दवास जङ्गलमा लागेको आगो निभाउने क्रममा मुखिया गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि राति नै गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । त्यहाँ उपचार हुन नसेकपछि राति नै पाल्पा पठाइएको थियो ।
मुखियाको उपचारकै क्रममा बिहान मिसन अस्पताल पाल्पामा मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल, गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिए ।
सोही ठाउँमा आगलागीमा परी घाइते भएका ५५ वर्षीय धनबहादुर जोगी कुँवरलाई पनि पाल्पामा उपचार हुन नसकेपछि शुक्रबार बिहानै थप उपचारका लागि बुटवल पठाइएको छ ।
प्रकाशित मिति: २०२३-०४-२१ , समय : ११:२८:३१ , २ वर्ष अगाडि